१४ असार २०८३, आइतबार

प्रधानमन्त्रीको सम्बोधनको रिपोर्टिङ गर्न नदिएपछि पत्रकार आक्रोशित

प्रधानमन्त्रीको सम्बोधनको रिपोर्टिङ गर्न नदिएपछि पत्रकार आक्रोशित

विराटनगर, २६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा सञ्चारकर्मीलाई संसदमा प्रवेश नदिएपछि पत्रकारहरूले संसद् भवन अगाडी धर्ना दिएका छन् । 

प्रधानमन्त्री ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत भित्र छिर्न नदिएपछि पत्रकारहरू गेटमै धर्नामा बसेका हुन् । पत्रकार बेदराज पौडेल, महाप्रसाद खतिवडा, अनन्तराज न्यौपानेलगायत एक दर्जन पत्रकार धर्नामा बसेका हुन । 

बढीमा ५ जना पत्रकारलाई मात्र संसद्भित्र प्रवेश दिने भन्दै अन्यलाई समाचार संकलनमा नै रोक लगाएपछि पत्रकारहरू आक्रोशित भएका हुन । प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ को संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिएको जनाउँदै सञ्चारकर्मीले विरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीको समाचार आफूहरूले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्