०९ असार २०८३, मंगलबार

सर्लाहीमा गुडिरहेको मोटरसाइकलबाट खसेर १ महिलाको मृत्यु

सर्लाहीमा गुडिरहेको मोटरसाइकलबाट खसेर १ महिलाको मृत्यु

सर्लाही, २६ जेठ–सर्लाहीको बाग्मती नगरपालिका१२ पुतलीचोकमा गुडिरहेको मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–१ की ५५ बर्षिया ललिता दाहाल रहेकी छिन् । आज दिउँसो ३ बजे हजरियाबाट कर्मैयातर्फ आउँदै गरेको बा ४८ प २४९२ नम्बरको मोटरसाइकलबाट खसेर उनी घाइते भएकी थिईन् । 
उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्