१५ असार २०८३, सोमबार

प्रचण्डका घरभेटी ठेकेदारबारे संसदमा प्रश्न, गृहमन्त्रीलाई कारबाही नगर्न भनिएको हो ?

प्रचण्डका घरभेटी ठेकेदारबारे संसदमा प्रश्न, गृहमन्त्रीलाई कारबाही नगर्न भनिएको हो ?

काठमाडौं २७ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना घरभेटी ठेकेदार सारदा अधिकारीलाई कारवाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिएको भन्ने बिषयमा एक सांसदले सदनमा प्रश्न उठाएका छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको बिशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विभिन्न सडकको ठेक्का लिएर समयमा काम नगर्ने सैलुङ कम्पनीका मालिकलाई कारबाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिइएको हल्लाबारे सदनमा प्रश्न सोधेका हुन् । 

‘काठमाडौं उपत्याकाको कलंकी–नागढुङ्गा, नगरकोट सडकका ठेकेदार सैलुङ्ग कम्पनीले ठेक्काबापट सरकारसँग भुक्तानी लिएको, तर बर्षौंदेखि काम नगरेको समाचार छ । भक्तपुर नगरकोट सडकको निर्माण नहुँदा खानेपानीको मुहान समेत बर्षामा हिलो भएर जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ’ सुवालले संसदमा भने, ‘सैलुङ्ग कन्सट्रक्सनका मालिक सारदा अधिकारी नेकपाका अध्यक्ष प्रचण्ड जीकै घरवेटी भएको पनि समाचारमा आएको छ । गृहमन्त्री जीले कारवाही गर्ने कुरा उठाउँदा नेकपाका अध्यक्ष प्रचण्ड जीले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवस्यक छ ।’

गतसाता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । प्रचण्डका घरभेटी भएकै कारणले कुनै पनि ठेकेदारले छूट नपाउने गृहमन्त्रीको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्