
काठमाडौं, २७ जेठ – जर्मनीमा एक नाबालिकाको हत्या गरिएपछि शरणार्थीहरूका विषयमा तात्तातो बहस शुरू भएको छ ।
सुजाना नामक १४ वर्षीया किशोरीको हत्याअघि बलात्कार पनि गरिएको थियो । हत्या गरेको आशंका एक इराकी जवान अली बशरमाथि छ । उनी जर्मनीमा शरण खोज्दै आएका थिए । तर उनी पक्राउ पर्ने देखिएपछि रातारात इराक भागेका थिए ।
जर्मनीका गृहमन्त्री होर्स्ट सेहोफरले आरोपितलाई इराकको कुर्दिस्तान इलाकाबाट हिरासतमा लिइएको छ । सोधपुछका क्रममा उनले अपराध कबुलेका छन् ।
किशोरीमाथि भएको यो घृणास्पद अपराधपछि मानिसको रिस चरममा छ ।
शरणार्थीहरूलाई खुला मनले स्वागत गर्ने चान्सलर अंगेला मर्कललाई विपक्षीहरूले यसै विषयमा कडा विरोध गरिरहेका छन् । यति ठूलो घटना भएपछि आरोपित भाग्न सकेकोमा मानिसहरू खुबै रिसाएका छन् । उसलाई विमानस्थलमा
किन नपक्रेको जबकि ऊ आठ सदस्यसहितको परिवारसँग थियो भनी मानिसहरू प्रश्न गरिरहेका छन् ।
एजेन्सी