०१ असार २०८३, सोमबार

‘गरिमा रेमिट’  र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने

‘गरिमा रेमिट’  र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने

काठमाडौं, २८ जेठ- गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’  र ‘एनआई सी एशिया रेमिट’ सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

गत  २४ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक माधवप्रसाद उपाध्याय र एनआई सी एशिया बैंक लिमिटेडको तर्फबाट चिफमार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 


सम्झौता पश्चात एनआई सी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट बाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखाकार्यालयबाट एनआई सी एशिया रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्