०१ असार २०८३, सोमबार

पुरुषसँग डिनरमा जान पनि डर लाग्न थाल्योः करण जोहर

कात्तिक २०, २०७४
पुरुषसँग डिनरमा जान पनि डर लाग्न थाल्योः करण जोहर
फिल्म निर्माता करण जोहरले आफूबारे पछिल्ला दिनमा फैलिएको हल्लाले आफू दिक्क भएको बताएका छन् । उनले यस्ता हल्लाका कारण आफूलाई कुनै पनि पुरुष मित्रसँग बाहिर जान डर लागेको बताएका छन् ।


आफ्नो आत्मकथा एक अनसुटेबल व्वाई को माध्यमबाट आफ्नो व्यक्तिगत जीवनसँग् जोडिएका कयौं रहस्यबारे खुलासा गर्न लागेका ४४ वषीय निर्देशकले आफूसँग नजिक भएका हरेक व्यक्तिसँग आफूलाई जोडेको भन्दै दुख व्यक्त गरेका हुन् । यसबाल आफूलाई समस्या र चिन्ता बढाएको जोहरले बताएका छन् ।

जव एक पत्रकारले उनलाई शाहरुख खानसँग सुतेको बारे प्रश्न गरेसँगै आफू दबाबमा आएका भन्दै आफूले प्रश्नकर्तालाई ‘के तिमी तिम्रो भाइसँग सँग सुत्छौं’ भन्दै प्रश्न गरेको बताए ।

एक टिभी च्यानलमा अन्तरवार्ताका क्रममा जोहरले कुने पुरुष मित्रसँग रात्रि भोजमा जान समेत डर लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्