
काठमाडौं २८ जेठ– राजधानी शहर काठमाडौं उपत्यकाको नयाँ रुटमा हामी सबैको यातायातले सेवा शुरु गरेको छ ।
हामी सबैको यातायातले ललितपुरको लामाटारदेखि काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले शुरुमा १३ वटा बस सञ्चालनमा ल्याएको छ । ललितपुरको पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म पुगेर सोही रुटमा फर्केर इमाडोलबाट टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर पुग्ने रुट निर्धारण गरिएको छ ।
अबको दुई महिनाभित्र थप ३६ वटा बस संचालनमा ल्याउने लक्ष रहेको हामी सबैको यातायात कम्पनीका अध्यक्ष मोहन सापकोटोल जानकारी दिएका छन् ।
सरकारको काठमाडौं उपत्यकामा साना सवारी साधन विस्थापित गरेर ठूला सुविधायुक्त बस सञ्चालन गर्ने नीति लिएपछि व्यबसायीले विभिन्न रुटमा नयाँ बस सञ्चालनमा ल्याएका छन् ।
तश्वीरः दीपेश केसीको फेसबुकबाट