१० असार २०८३, बुधबार

अभिशप्त छ ट्रम्प र किमले भेटघाट गर्न लागेको ठाउँ, यस्तो छ इतिहास

अभिशप्त छ ट्रम्प र किमले भेटघाट गर्न लागेको ठाउँ, यस्तो छ इतिहास

काठमाडौं, २८ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले भेटवार्ता गर्नका लागि छानेको ठाउँ खतरनाक र अभिशप्त छ ।

सिंगापुरको सेन्टोसा टापुमा विश्व शान्तिवार्ता गर्न लागिएको छ तर त्यसको इतिहास भयानक छ । दुई वर्ग माइलमा फैलिएको यो टापुमा २०० वर्षअघि समुद्री डाकुहरूको आतंक थियो । उनीहरूले व्यापारीलाई लुट्थे अनि मारिदिन्थे । 

छयहत्तर वर्षपहिले त्यसै टापुमा हजारौंको नरसंहार यहाँ भएको थियो र ३५ वर्षअघि तेल निकाल्ने जहाजका कारण ठूलो दुर्घटना भएको थियो । अनि यहीँ टुरिस्ट केबलकारका दुईवटा क्यारिज समुद्रमा खसेका थिए । 

यति ठूला दुर्घटना र पीडादायक घटना भएपछि मानिसले यो ठाउँलाई अभिशापित मान्न थाले । त्यसपछि टापुको अभिशापलाई अन्त्य गर्नका लागि यसको नाम बदलेर सेन्टोसा राखियो । 

सन् १९७२ मा सिंगापुर पर्यटन प्रवर्द्धन बोर्डले प्रतियोगिता गरेर टापुको नाम सेन्तोसा राख्यो । मलय भाषामा सेन्तोसाको अर्थ शान्ति र सौम्यता भन्ने अर्थ लाग्छ र यो संस्कृतको सन्तोष शब्दको अपभ्रंश हो । 

त्यसअघि यो टापुलाई पुलाउ बेलकाङ मति नामले चिनिन्थ्यो । त्यसको अर्थ मृत्युको टापु भन्ने अर्थ लाग्छ । अहिले त्यहीँ नै विश्व शान्तिका लागि किम र ट्रम्पबीच वार्ता हुँदैछ । त्यहाँको पाँचतारे होटल कपेलामा उनीहरू वार्ता गर्दैछन् । 

सेन्टोसा टापु पर्यटकहरूमाझ लोकप्रिय छ । त्यहाँ हरेक वर्ष दुई करोड पर्यटक पुग्छन् । मंगलवारका वार्ताका लागि किम र ट्रम्प त्यहाँ आइतवारै पुगिसकेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्