१५ असार २०८३, सोमबार

भारतको आसाममा भूकम्पको धक्का महसुस

भारतको आसाममा भूकम्पको धक्का महसुस

नयाँदिल्ली, २८ जेठ – भारतको उत्तरपूूर्वी राज्य आसाममा आज भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले जानकारी दिएका छन् । 

स्थानीय समय अनुसार बिहान साढे १० बजे भूकम्प गएको भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट १ सय १४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो । 

तर, आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्