
काठमाडौं, २८ जेठ –शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ मा आफ्ना फेसबुक फलोअरहरूलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यवाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ ।
हरेक खेलमा हुन सक्ने सम्भावित विजेताहरूको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार गर्नेछन् ।
यस खेलमा सहभागी हुन शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको Predict & Win Post मा गइ हरेक दिन हुने म्याचहरूको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्ने छ ।
हरेक दिन हरेक खेलमाआएको उत्तरहरू मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सहीउत्तर भएमागोलाप्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरूले शिवम् सिमेन्टको कर्पोरेट अफिस माआएर पुरस्कार प्राप्तगर्न सक्नेछन् ।
पछिल्लो २०१४को विश्वकप खेलमा पनि संचालन गरिएको यस Predict & win खेल यसपटक पनि निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरूले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरू पनि प्राप्त गर्नेछन् ।
शिवम् OPC सिमेन्ट हो । नेपालको केन्द्र भाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि प्लान्टबाट आफ्नै चुनढुङ्गा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथै शिवम् इएऋ सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।
शिवमले राष्ट्रिय गौरवका प्रमुख योजनाहरूमा पनि आफ्नो योगदान दिँदै आएको छ । काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवं टनेल निर्माण प्रोजेक्टहरूमा यो सिमेन्ट प्रयोग हुँदै आएको छ ।
शिवमलाई ISO 9001, ISO 14001, OHCAS 18001, ISI and URS प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त छ ।