
चितवन, २९ जेठ -भरतपुर महानगरपालिका वडा नं. १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बीआर ०६ पी ०७३२ नं. को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यसभित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ ।
गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।