०२ साउन २०८३, शनिबार

फूटबलको ९० मिनेटमा १२० राउन्डबराबर कुद्छन् खेलाडी, एक म्याचमा १५ सय क्यालोरी डढाउँछन्

फूटबलको ९० मिनेटमा १२० राउन्डबराबर कुद्छन् खेलाडी, एक म्याचमा १५ सय क्यालोरी डढाउँछन्

काठमाडौं, २९ जेठ – फिफा विश्वकप बिहीवार शुरू हुँदैछ । फूटबलमा शक्ति र स्टामिना अत्यधिक आवश्यक हुन्छ । 

एक म्याचमा खेलाडी औसतमा ११.२ किलोमिटर दौडिन्छन् । यो भनेको एक फूटबल मैदानको १२० चक्कर लगाएबराबर हो । 

यसरी कुदेर खेलाडीले लगभग १५ सय क्यालोरी डढाउँछन् । 

म्याचका बेलामा खेलाडीको शरीरमा कार्बोहाइड्रेट र प्रोटीनको खपत बढ्छ । यसले गर्दा ऊर्जाको कमी हुन्छ । म्याचमा सकिएको ऊर्जा शरीरमा फर्किनका लागि १२ देखि १४ घन्टा लाग्छ । 

मिडफील्डमा हुने खेलाडी सबभन्दा बढी व्यस्त हुन्छन् । मैदानको दुवै छेउको यात्रा गर्ने मिडफील्डर कहिलेकाहीँ १५ किलोमिटरको यात्रा गर्छन् । गोलकीपर सबभन्दा कम दौडिन्छन् । 

फूटबलको तुलनामा क्रिकेट खेलाडीले जम्मा १२ किलोमिटर कुद्नुपर्छ । फूटबल खेलाडीले ९० मिनेटमा कुदेको दूरी क्रिकेटरले नौ घन्टा कुद्दा मात्र पूरा गर्छ । 

सबभन्दा बढी दूरी पार गर्ने पाँच खेल

खेल     दूरी   म्याच अवधि
फूटबल   ११.२ किमि   ९० मिनेट
हकी        ९ किमि     ६० मिनेट
क्रिकेट      १२ किमि     ९ घन्टा
टेनिस        ४.८ किमि   औसतमा २ घन्टा ४० मिनेट
बास्केटबल    ४.३ किमि    ४८ मिनेट

यूईएफएका अनुसार, सन् २०१८ को मे महिनामा सकिएको च्याम्पियन्स लीगमा इजिप्टका मोहम्मद सालाह सबभन्दा छिटो कुद्ने खेलाडी थिए । उनी लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरलाई पनि पछि पार्दै टप स्पीड ३३ किलोमिटर प्रतिघन्टाको दरले कुदेका थिए ।  मेस्सी २८ किलोमिटर प्रतिघन्टाको दरमा मात्र कुद्न सके ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्