
विराटनगर, ३१ जेठ– मोरङको बुढीगँगा गाउँपालिका– ३ मा रहेको अरिहन्त कार्टुन उद्योगमा आगलागी भएको छ । गएराति करिब ११ बजे उद्योगमा आगो लागेको हो ।
अहिले आगो निभाउने प्रयास जारी छ । आगो निभाउनका लागि दमक, विराटनगर, इनरुवा, धरान, इटहरी र राजविराजका दमकलको प्रयोग गरिएको छ ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि आगो निभाउने कार्यमा खटिएका छन् ।
आगो निभाउने प्रयास भइरहेको र क्षतिको विवरण आइनसकेको मोरङका एसपी मनोज केसीले जानकारी दिए । के कारणले आगो लागेको हो भन्ने खुल्न सकेको छैन ।