११ असार २०८३, बिहीबार

मकैको बीउ उत्पादनका लागि कृषि सामग्री वितरण

मकैको बीउ उत्पादनका लागि कृषि सामग्री वितरण

जाजरकोट, ३१ जेठ– मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ । 

भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गर्नुभएको हो । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको हो । 

३१ सेटमा रहेका १०५ वटा मकैको बीउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रायेग गरिने त्रिपाल कृषकलाई हस्तान्तरण गरिएको छ । 

मकै पकेट सञ्चालक समिति, तिमिलेका कृषकले १० हेक्टर जमीनमा अढाई क्विन्टल मकैको मूल बीउ रोपेका छन् ।

बीउ उत्पादन राम्रो भए अन्य जिल्लामा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो । तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकाले लक्ष्यअनुसारको मकैको बीउ उत्पादन हुने उहाँले विश्वास गर्नुभयो ।
 

salt training

कमेन्ट गर्नुहोस्