२४ जेठ २०८३, आइतबार

चीन पनि अमेरिकाकै लाइनमा, उत्तर कोरियामाथीको प्रतिवन्ध तत्काल नहटाउने

जेठ ३१, २०७५
चीन पनि अमेरिकाकै लाइनमा, उत्तर कोरियामाथीको प्रतिवन्ध तत्काल नहटाउने

चीन, ३१ जेठ– चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । 

मङ्गलबार अमेरिकी राष्ट्रपति किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिवद्धतालाई पूरा गरेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रतिबन्धलाई विचार गर्नुपर्ने पनि बताएको छ । 

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायतका अधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिकी विदेशमन्त्रीले बिहीबार भने, “चीनले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई सम्मान गर्ने आफ्नो पूर्व प्रतिवद्धतालाई दोहोर्‍याउनुभयो ।” 

अमेरिकी विदेशमन्त्रीले भने, 'हामीले प्रष्ट गरेका छौँ कि प्रतिबन्ध र कोरियाले पाउने आर्थिक राहतलाई कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गरेपछि व्यवस्था गर्नेछौँ ।' 

बेइजिङ प्योङयाङको एक मात्र प्रमुख सहयोगी र प्रमुख ब्यापारिक साझेदार मुलुक हो । यद्यपि उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गरेपछि राष्ट्रसंघद्वारा लगाइएको प्रतिबन्धमा भने चीन विश्व समुदायको निर्णयसँगै प्रतिबन्धको पक्षमा उभिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्