
काठमाडौं, १ असार–संयुक्त राष्ट्रसंघले कश्मीरको विवादित क्षेत्रमा भएका मानवाधिकार उल्लङ्घनका घटनाको स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ ।
दुवै मुलुकका सुरक्षा फौजले मानवाधिकार उल्लङ्घन गरेको र उनीहरूमाथि कारबाही नहुने गर्दा दण्डहीनता रहेको राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
भारत र पाकिस्तान प्रशासित दुवै कश्मीरमा भएका त्यस्ता घटनाबारे प्रतिवेदन तयार भएको हो । यो राष्ट्रसङ्घले कश्मीरबारे तयार पारेको यस प्रकृतिको पहिलो प्रतिवेदन हो ।
उक्त प्रतिवेदन खासगरी जुलाई २०१६ मा एउटा सशस्त्र समूहका एक जना नेताको हत्यापछि भएका घटनाहरूमा केन्द्रित छ ।