
मोरङ, १ असार– मोरङको बुढीगंगा गाउँपालिका– १ स्थित आरती स्ट्रिप्स प्रा.लि.मा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ ।
भारत सितामाढी गंगबाराबुजुर– ५ घर भएका २३ वर्षीय रन्जन कुमारको गएराति करेन्ट लागेर मृत्यु भएको हो । डिउटीमा रहेका बेला करेन्ट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
राती साढे १० बजे मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।