
रेमो डिसुजाको निर्देशनमा तयार भएको बलिउडको प्रतिक्षत चलचित्र ‘रेस ३’ आज शुक्रवारदेखी विश्वका सयौं हलमा एकसाथ प्रर्दशन हुदैछ ।
सलमान खान, ज्याकलिन फर्नान्डिज, बाबी देओल, डेजी शाह, अनिल कपुर, साकिब सलिम, फ्रेडी दारुवाला आदि कलाकारको जोडदार अभिनयवाट नेपाली फिल्म त स्वभाविकै तर्सिने भो, वलिउडका केही चलचित्र निर्माताले समेत आफ्नो प्रर्दशन मिति सारेर रेस ३ को लागी वाटो खुल्ला गरिदिएका छन् ।
यसकारण पनि अनुमान गर्न सकिन्छ रेस ३ ले कमालको व्यापार गर्नेछ । त्यसो त भारतीय चलचित्र समिक्षकहरु भन्छन्, ‘यो चलचित्रले सलमानका केही चलचित्रको रेकर्डलाई तोड्नेछ ।’ मित ब्रदर्स, विशाल मिश्रा तथा विक्की हार्दिक लगायत जोडिएको संगित पनी दमदार छ । यो चलचित्र प्रदर्शन हुने पक्का भएस“गै नेपाली निर्माता रेस ३ को डेट सुनेकै दिन पछि सारेका थिए ।
टिप्स म्युजिक फिल्म्स, सलमान खान फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई रमेश एस, तौरानी, कुमार एस. तौरानी, सलमान खानले धमाकेदार बनाउन आ“खा चिम्लिएर लगानी गरेको भारतीय मिडियाहरूले जनाएका छन् । रेस सिरिज पा“च वर्षको अन्तरालमा निरन्तर आइरहेको चलचित्र हो ।
२००८ मा पहिलो सस्करण आएको रेस त्यसपछि दोस्रो संस्करण २०१३ मा आएको थियो । रेसको तेस्रो श्रृंखलामा बलिउड दवंगस्टार सलमान खान जोडिए । सलमानको इन्टी« भएस“गै यो चलचित्र सबैभन्दा धेरै प्रतीक्षित बनेको छ । धोका, षड्यन्त्र, छलकपट आदि विषयमा आधारित रेस–३ हेर्न अभिनेता सलमान खानले केही दिनअघि मात्र नेपाली फ्यानलाई आग्रह गरेका थिए । उनले भनेका थिए, ‘हेल्लो नेपाल ईदको सुभकामनास“गै रेस ३ तपाईहरुको हलमा आउंदैछ, हेर्नुहोला ।’
यो चलचित्र भारतका विभिन्न राज्य मुम्बई, कस्मिर तथा बैंकक, दुबईलगायतका विभिन्न देशमा खिचिएको छ । यसअघि सार्वजनिक भएको टे«लरले दर्शकको ध्यान राम्रैस“ग खिचेको थियो । विश्वभरीका हजारौं चलचित्रमा प्रर्दशन हुने हलिउड चलचित्र इन्क्रेडिबल्स–२ स“ग केही सिनेघरमा रेस ३ को लडाई हुने देखिन्छ । इन्क्रेडिबल्स–२ मा क्राइग टी नेल्सन, होली हन्टर, सराह भोवेल, हंक मिल्नर, समुइल एल ज्याक्सन आदि कलाकारको अभिनय छ । यो अमेरिकन थ्रि डी एनिमेसन चलचित्र हो ।