०४ साउन २०८३, सोमबार

सँगै विज्ञापन गर्न मानेनन् रणवीर कपूर र आलिया भट्टले

सँगै विज्ञापन गर्न मानेनन् रणवीर कपूर र आलिया भट्टले

काठमाडौं, १ असार – रणवीर कपूर र आलिया भट्टबीचको सम्बन्धले आजकल बलिउड तातिएको छ । 

ताजा समाचारअनुसार, दुवैलाई एउटै विज्ञापनमा खेल्ने अफर आएको थियो तर दुवैले यसलाई अस्वीकार गरे । यसका पछाडि करण जोहरको हात रहेको बताइएको छ । 

सूत्रका अनुसार, रणवीर र आलियाले अहिल्यै आफ्नो सम्बन्ध सार्वजनिक गर्ने बेला भइनसकेको करणले सल्लाह दिए । 

करणले बनाएको फिल्म ब्रह्मास्त्र सन् २०१९ को अगस्टमा रिलिज हुँदैछ । करणले त्यो फिल्म रिलिज हुँदाताक रणवीर र आलियाको सम्बन्ध एक्सपोज भएमा फिल्मलाई फाइदा पुग्ने बताए । त्यसैले उनले आलिया र रणवीरलाई एकसाथ विज्ञापन साइन गर्न दिएनन् । 

ब्रह्मास्त्र तीन भागमा बनेको फिल्म हो जसको पहिलो भागको शूटिङ चलिरहेको छ । यही वर्षको शुरूआतमा फिल्मको पहिलो सेड्युल बुल्गेरियामा शूट गरिएको थियो । फिल्ममा आलिया र रणवीरबाहेक अमिताभ बच्चन पनि प्रमुख भूमिकामा छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्