१५ असार २०८३, सोमबार

मेस्सीलाई चुनौती, कमजोर छैन आइसल्याण्ड

मेस्सीलाई चुनौती, कमजोर छैन आइसल्याण्ड

फुटबल जगतका सुपर स्टार लियोनल मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिनाले रसिया विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेल भोलि खेल्दैछ । शनिवार नेपाली समय अनुसार पौने सात बजे हुने खेलमा अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग खेल्नेछ । 

खेल मस्कोको स्पार्टक स्टेडियममा हुने छ । 

बार्सिलोनाका स्टार मेस्सी आफ्नो देश अर्जेन्टिलाई ठूलो उपाधि दिलाउन असफल भएको भन्दै आलोचना हुने गरेको छ । गत संस्करणको विश्वकप अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता बन्ने लक्ष्यका साथ रुस पुगेको छ र सबैको ध्यान मेस्सीमा केन्द्रीत भएको छ ।

विश्वकपको ग्रुप डीको  सबैभन्दा कमजोर टीमको रुपमा आइसल्याण्डलाई लिइएको छ । तर पछिल्ला दुई बर्षमा आइसल्याण्डले शानदार प्रदर्शन गरेको छ । 
यसपछि अर्जेन्टिनाले नाइजेरिया र क्रोएशियासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 

अर्जेन्टिनाको विश्वकप छनोट सहज थिए । विश्वकपमा भाग नै हुन नसक्ने अवस्थमा मेस्सीले इक्वेडर विरुद्धको खेलमा ह्याट्रिक गर्दै टीमलाई रुसको टिकट कटाएका थिए । 
यसबाट अर्जेन्टिनाको टिम मेस्सीमा कति निर्भर छ भन्ने देख्न सकिन्छ । 

मेस्सी २०१४ को विश्वकप जित्ने आफ्नो सपनाको नजिक पुगेका थिए । तर फाइनलमा अर्जेन्टिनाले जर्मनीसँग १–०ले हार व्यहोरेको थियो । जसको बदला यसपटक लिने अन्तिम मौका मेस्सीलाई छ । तर गोलकिपर सर्जियो रोमेरो र फर्वार्ड म्यानुएल लाञ्जिनी चोटग्रस्त भएका कारण मेस्सीका काँधमा थप जिम्मेवारी थपिएको छ । 

हुनत मेस्सीलाई सर्जियो अग्युरो, डि मारिया तथा गोन्जालो हिगुइनको साथ छ । तर जर्ज साम्पोलीको अर्जेन्टिनालले आइसल्याण्डलाई कमजोर आक्ने अवस्था छैन । आइसल्याण्ड युरो २०१६ को क्वार्टर फाइनलमा पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्