
भारतको छत्तिसगढको बलौदाबजार जिल्लामा एक व्यक्तिले दोस्रो सन्तान पनि छोरी जन्माएको भन्दै श्रीमतीलाई घरबाट निकालिदिएका छन् ।
घरबाट निकालिएका ती महिला दुवै छोरीलाई लिएर सडकमा बस्न बाध्य भएकी छिन् । ती महिला दुवै छोरीलाई लिएर सडकमा बस्न बाध्य भएकी छिन् । महिलाले नवजात शिशुलाई चिसोबाट बचाउनका लागि बोरामा राखेकी छिन् ।
घटना बलौदाबजारमा आठ किमी टाढाँको गाउँ भुडवाडीहको हो । चांदरामको विवाह पाँच साल पहिलो रागिनीका साथ भएको थियो । चांदराम रक्सी पिएर आउने र रागिनीलाई कुट्ने गरेका कारण पनि उनीहरुबीच तनाव थियो ।
उनीहरुको पहिलो बच्चा छोरी जन्मेकी थिइन् । छोरो नजन्माएको भन्दै उनीमाथि दुव्र्यवहार भएको थियो । जव उनी दोस्रो छोरीको आमा बनिन् तव उनले पुनः दोस्रो बच्चा जन्माइन् ।
दोस्रो बच्चा पनि छोरी नै भएपछि पतिले पत्नीमाथि ज्यादती गरे । छोरो नजान्माएको भन्दै सुत्केरी श्रीमतीलई उनले कुटपटि गरे र १० दिनकी सुत्केरीलाई पहिली छोरीसँग घरबाट निकालिदिए ।
पतिले घरबाट निकालिदिएपछि उनी सडकमा सुतिरहेकी थिइन् । प्रहरीकहाँ खवर पुगेसँगै उनको उद्दार गरिएको छ ।