२२ असार २०८३, सोमबार

विभिन्न माग राख्दै क्रान्तिकारीको शैक्षिक हड्ताल : मारमा विद्यार्थी !

विभिन्न माग राख्दै क्रान्तिकारीको शैक्षिक हड्ताल : मारमा विद्यार्थी !

काठमाडौं, ३ असार–विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले आह्वान गरेको एक दिने शैक्षिक आमहड्तालले विद्यार्थी मारमा परेका छन् । 

केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ता पक्राउको विरोधका साथै अन्य माग राखेर क्रान्तिकारीले अाइतबार देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो । बन्दबारे पूर्व जानकारी नपाएकाहरु विद्यालयसम्म पुगेर फर्किन बाध्य भएका छन् भने कतिपय विद्यार्थीहरु घरमै समय बिताइरहेका छन् ।

शुल्क बृद्धि, माफियाकरण, दलालीकरण तथा भ्रष्टिकरण र विदेशी पाठ्यक्रम अनुसार पढाउँदै आएका विद्यालयको खारेजीको मागगर्दै देशव्यापी रुपमा शैक्षिक आमहड्ताल आह्वान गरिएको क्रान्तिकारीले जनाएको छ । 

विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्तालमा विपक्षी दल सम्बद्ध केही विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन् ।

क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरुलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकाल रिहा भए पनि विकलाई बौद्ध प्रहरीले छाडेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्