
काठमाडौं १ फागुन– वरिष्ठता मिचेर जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरिक्षक नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा अर्को रिट परेको छ ।
प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल आफैले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले प्रहरी नियमावली २०७३ को नियम ४१ बमोजिम प्रहरी प्रमुख वनाइनुपर्ने माग दाबी लिएका छन् ।
उक्त नियममा बरिष्ठता, कार्यक्षमता, कार्यकुशलता, नेतृत्व क्षमतका आधारमा नेपाल प्रहरीको प्रमुख नियुक्त हुने उल्लेख छ ।
सिलवालले उक्त नियमावलीलमा उल्लेखित मापदण्डमा आफू अगाडी रहेको दाबी गरेका छन् । वरिष्ठता क्रममा उनि एक नम्बरमा छन् । रिटमा उनले मन्त्रिपरिषद्ले प्रहरी प्रमुख वनाउने भनि निर्णय गरेका जयबहादुर चन्द आफू भन्दा सवै कुराले पछि रहेको जिकिर गरेका छन् ।
साथै सिलवालले यस अघि सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको उल्लंघन नुहने गरि प्रहरी प्रमुख छनौट हुनुपर्ने माग दाबी गरेका छन् । सर्वोच्च नेपाल प्रहरीका दिनकर शमशेरको मुद्दामा सुनुवाई गर्दै यस अघि बढुवा गर्दा वरिष्ठता मिच्न नपाइने सिद्धान्त प्रतिपादन गरेको थिया ।
सिलवालकोे रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुने भएको छ ।