०१ साउन २०८३, शुक्रबार

विश्वकपमा आज तीन खेल हुँदै, कुन-कुन टिम भिड्दै छन्?

विश्वकपमा आज तीन खेल हुँदै, कुन-कुन टिम भिड्दै छन्?

काठमाडौं, ४ असार– रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह एफमा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । 

त्यस्तै अर्को खेलमा समूह जिका दुई खेल हुँदैछन् । समूह जिको पहिलो खेलमा बेल्जीयम र पानमा र दोस्रो खेलमा ट्युनिसिया र इंग्ल्यान्ड भिड्दै छन् । बेल्जियम र पानमाबीचको खेल राति ८ः४५ मा शुरु हुनेछ । यस्तै ट्युनिसिया र इंग्ल्यान्डबीचको खेलम राति ११ः४५ बजे शुरु हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्