१० असार २०८३, बुधबार

पत्नीको उपचारका लागि सिंगापुर गए प्रचण्ड

पत्नीको उपचारका लागि सिंगापुर गए प्रचण्ड

काठमाडौं, ४ जेठ– पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । 

प्रचण्ड, पत्नी सीता र छोरी गंगासहित सिंगापुर गएका उनको सचिवालयले जनाएको छ । 

विमानस्थलको भीआइपी कक्षमा प्रचण्ड परिवारको फोटो सार्वजनिक भएको छ । प्रचण्ड पत्नी सीता सोफामा सुतेको दृश्य फोटोमा देखिन्छ । 

छोरा प्रकाशको असामयिक निधनपछि प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएको छ । सीता सुगर, प्रेसर र डिप्रेसनले समस्यामा परेकी छिन् । केही समय अघिमात्र सीतालाई उपचारको लागि नयाँ दिल्ली लगिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्