
काठमाडौं, ४ असार– अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल दुई वर्षको हुने भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा सोमवार भएको गोलाप्रथामा खतिवडाले तानेको गोलामा कार्यकाल दुई वर्षको परेको हो ।
संघीय संसदको सदस्य नभएको खण्डमा मन्त्री बन्न नसक्ने संवैधानिक व्यवस्था छ ।
गोलाप्रथावाट गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ हुने तय भएको छ ।
यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गेणश तिमल्सिनाको कार्यकाल ६ बर्ष र उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ ।