०९ असार २०८३, मंगलबार

‘रेस ३ खेलेकोमा सलमान खानलाई जेल हाल्नुपर्छ’

‘रेस ३ खेलेकोमा सलमान खानलाई जेल हाल्नुपर्छ’

काठमाडौं, ४ असार – सलमान खानको ताजा फिल्म रेस ३ ले बक्स अफिसमा धमाल गरिरहेको छ तर फिल्म हेरेका कैयौं दर्शकले सलमान र उनको टीमलाई सामाजिक सञ्जालमा खुबै उडाइरहेका छन् । 

फिल्म हलबाहिर निस्केका दर्शकले पनि सलमान र फिल्म निर्देशक रेमो डिसूजालाई बेस्सरी गाली गरेका छन् । 

दर्शकहरूको एक झुण्डले यति खराब फिल्म बनाएकोमा सलमान र रेमोलाई जेलमा कोच्नुपर्ने समेत बताए । 

मानिसहरूले बबी देओल, अनिल कपूर र ज्याकलिन फर्नान्डेजलाई तारिफ गरे अनि यसमा सैफ अली खानलाई मिस गरेको बताए । 

फिल्म हेरेर बाहिर निस्केका एक दर्शकलाई फिल्म कस्तो छ भनी सोध्दा उनले भने, ‘सबै स्टारहरू डुप्लिकेट हुन् कि जस्ता लाग्थे । एकरत्ति मज्जा आएन । अब सलमान बूढा भएछन् ।’

अर्का दर्शकले भने, ‘फ्लप र बकवास फिल्म । सलमानको सबभन्दा झुर फिल्म । यिनीहरूले त रेस फ्रेन्चाइजीलाई बिगारेछन् । रेस ४ बन्यो भने सलमानलाई खेलाउन हुँदैन ।’

सलमान खानका फ्यान समेत फिल्मबाट निराश भए । एक दर्शकले भने, ‘हामी सलमानका ठूला फ्यान हौं तर यसपालि सलमानले एकदम निराश पारे । रातभरि उठेर बिहान सबेरै ब्ल्याकमा टिकट काटेको थिएँ अनि टाउको नै दुख्यो ।
हाम्रो त ईद नै खराब भयो । रेमोलाई तीन दिन जेलमा हुल्नुपर्छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्