२४ जेठ २०८३, आइतबार

कुदाउँदै गरेको मोटरसाइकलमा आफैं आगो लागेपछि...

कुदाउँदै गरेको मोटरसाइकलमा आफैं आगो लागेपछि...

विराटनगर ४ असार– तपाईं हामीले कुदाउँदै गरेको मोटरसाईकलमा अचानक आफै आगलागी हाेला भन्ने कुरा कल्पना पनि गरिएकाे हुँदैन । तर  कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमवार दिउँसो कानेपोखरी गाउँपालिका– ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर साईकलमा भएको छ । अचानक आगलागी भएर मोटरसाईकलमा पूर्ण रुपमा क्षति  पुगेकाे छ ।  

खत्रीले कुदाउदै गरेको को १९ प ७३७७ नम्बारको निलो रङ्गको १८५ सिसिको मोटरसाईकलमा अचानक आफै आगलागी भएको थियो । खत्रीले मोरङको भाउन्ने पेट्रोल पप्पमा पेट्रोल हालेर दुई मिटर अगाडी पुग्दा मोटरसाईकलमा आगलागी भएको डाँगीहाटका प्रहरी ईन्चार्ज नारायण प्रधानले जानकारी दिए । मोटरसाईकलमा लागेकाे अागाे बेलबारी नगरपालिकाको दमकलले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्