
काठमाडौं, ५ असार–साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका खेलाडी चढेको विमानमा आगो लागेको हो ।
विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।
विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।
