फिल्मी पर्दामा त तपाई कयौं कलाकारका उस्तै स्वरुप देख्नु हुन्छ । यदी वास्तविक जीवनमा यदी तपाईले कुनै कलाकार जस्तै व्यक्ति वास्तमै देख्नुभयो भने के हुन्छ ?
बलिउडमा अभिनेता टाइगर श्राफ जस्तै देखिने एक नेपाली युवक देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युट्युवमा देखिएका ती युवा टाइगर श्राफ जस्तो देखिएको भन्दै भारतीय समाचार माध्यमहरुमा भाइरल भएको छ । भिडियामा देखिएको कमेन्टबाट उनी नेपालको भएको खुलेको हो । नेपाली राइडर्स नामको एक ग्रुपमा देखिएका ती युवाको भिडियोृ अहिलेसम्म ५ लाख बढीले हेरिसकेका छन् ।
भिडियोमा ती नेपाली युवाले टाइगर श्राव जस्तै पोज दिएका छन् । भने उनी जस्तै डान्ससमेत गरेको भिडियो सार्वजनिक भएको छ ।