०१ असार २०८३, सोमबार

भारत र रुसबीच पहिलेको जस्तो घना सम्बन्ध छैन, किन  ?

भारत र रुसबीच पहिलेको जस्तो घना सम्बन्ध छैन, किन  ?

काठमाडौं, ५ असार – भारत र रुसबीच लामो समयदेखि मैत्री सम्बन्ध छ । स्वतन्त्रतापछि रुसले भारतलाई आर्थिक र सामरिक सहायता पनि गरेको छ । 

भारतको फर्टिलाइजर उद्योगदेखि लिएर सेनाको ट्यांक र मिग वा सुखोई विमानसम्म सबैमा रुसको छाप छ । अहिले पनि भारतीइ हतियार उद्योग रुसमा मुख्यतया निर्भर छ । 

दुई मुलुकबीच घना सम्बन्ध रहँदा भारतीयहरू रुसमा गएर बसे । 

सन् १९९० मा भारतका स्यामी कोटवानी रुस पुग्दा त्यहाँ कठिन परिस्थिति थियो । मानिसहरू अन्तै जान खोजिरहेका थिए । सोभियत संघको पतन भएर नयाँ रुसको जन्म भइरहेको थियो । तर अर्थव्यवस्था ध्वस्त थियो । 

कोटवानीको कम्पनी युरोपभरि फैलिसकेको छ । 

स्यामी भन्छन्, ‘सोभियत संघमा हाम्रा व्यापारीहरूले थुप्रो पैसा कमाए अनि हिँडे । तर अब रुस पहिलेजस्तो पैसा कमाउन सकिने मुलुक रहेन । यहाँ व्यापार गर्न एकदम गाह्रो छ । तर तपाईं दीर्घकालीन रणनीति बनाएर आउनुभयो
भने यो जति राम्रो देश अर्को छैन ।’

कोटवानी जस्ता मानिसले रुसमा कडा मेहनत गरेर आफ्नो स्थान बनाएका छन् । आज उनको कम्पनीमा थुप्रै रुसीहरूले जागिर पाएका छन् । 

काशी विश्वनाथन रुसमा अध्ययनका लागि आएका थिए । अहिले उनीसँग पाँच ठूला रेस्टुराँ छन् र ती मस्कोदेखि सेन्ट पिटर्सबर्गसम्म फैलिएका छन् । 

काशीका अनुसार, ‘रुसमा भारतीयहरू त्यसो त थोरै मात्र छन् तर एकजुट भएर बसेका छन् । मेरो रेस्टुराँमा पनि धेरै रुसीहरू काम गर्छन् । हामीहरूको एउटा कोटा हुन्छ जसअन्तर्गत हामी हरेक वर्ष भारतबाट काम गर्न
आउनेहरूलाई भिसा दिलाएर यहाँ ल्याउँछौं ।’

तर रुसमा जम्मा १४ हजार भारतीय मात्र छन् । त्यसमा ५ हजार विद्यार्थीको संख्या कटाउने हो भने यो संख्या खासै ठूलो हैन । 

रुसमा बस्ने तमाम भारतीयहरूमा धेरैको विवाह रुसी नागरिकसँग भएको छ । यसले गर्दा उनीहरूले सजिलै गरी नागरिकता पाए । नत्र त रुसको नागरिकता पाउन एकदम गाह्रो छ । 

रुसमा बस्ने एक व्यापारीले भने, ‘रुसमा लगभग पाँच सय भारतीय व्यापारी अलग अलग शहरमा बस्छन् । तीमध्ये २०० त मस्कोमा मात्र छन् । विश्वास गर्नुस्, तीमध्ये आधीका रुसी पत्नी छन् ।’

धेरैजसो भारतीय रुसमा चियाकफी, औषधि, अनाज, मसला, छालाको सामान र कपडाको व्यापार गर्छन् ।

पछिल्ला केही वर्षमा हीरा र सुनचाँदीको व्यापारमा पनि भारतीयहरू देखिएका छन् तर युरोपका अन्य देशका तुलनामा यो संख्या कम छ । 

अहिलेको वास्तविकता के हो भने दुवै देशले मित्रता र आपसी सहयोगको कुरा गरेपवनि नयाँ नयाँ साथी छानेका छन् । 

विगत दुई दशकमा भारतीय अर्थव्यवस्था बढेको छ अनि देशले पश्चिमी मुलुकहरूमा रुचि बढाएको छ । रुसले पनि युरोपतर्फ हात बढाएको छ । त्यसैले गर्दा पनि होला, भारत र रुसबीत कमै व्यापार हुन्छ । 

उदाहरणका लागि, पछिल्ला पाँच वर्षमा भारत र रुसको कुल व्यापार सात अर्ब डलर मात्र थियो । 

अमेरिकासँगको व्यापारको तुलना गर्दा यो केही होइन । सन् २०१७ मा भारत र अमेरिकाबीच लगभग ६७ अर्ब डलरको व्यापार भएको थियो । 

मस्को र अन्य ठूला शहरहरूमा भारतीय कम्पनीहरूको व्यापारको खासै छाप देखिँदैन । बरू चिनियाँ कम्पनीहरूले त्यहाँ बलियो उपस्थिति जनाएका छन् । 

भारत र रुसबीचको सम्बन्ध शीतयुद्धकालको जस्तै हुन्छ भन्ने विषयमा भन्न गाह्रो छ । 

बीबीसी हिन्दीमा प्रकाशित नितिन श्रीवास्तवको रिपोर्ट
 

salt training

कमेन्ट गर्नुहोस्