१४ असार २०८३, आइतबार

ट्रिपरकाे ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

ट्रिपरकाे ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

कैलाली, ५ असार– कैलालीको धनगढी उपमहानगरपालिका–४ भगवती टोलमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

से १ प ८३८ नम्बरको  ट्रिपरले मंगलबार बिहान म १ प ३३८० को मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार वडा नम्बर १३ वोराडाडी बस्ने वर्ष ४९ की पार्वती अवस्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनामा मोटरसाइकलका चालक वर्ष ५२ का हेमराज अवस्थी गम्भीर घाइते भएका छन् । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते श्रीमान–श्रीमती हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्