०५ असार २०८३, शुक्रबार

स्विडेनको माल्मोमा गोलीकाण्ड हुँदा दुईको मृत्यु

स्विडेनको माल्मोमा गोलीकाण्ड हुँदा दुईको मृत्यु

काठमाडौं, ५ असार – सोमवार साँझ स्विडेनको दक्षिणी क्षेत्रमा रहेको शहर माल्मोमा गोलीकाण्ड भएको छ । त्यसमा परेर पाँचजना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । एकजना तत्कालै मारिएको र अर्काको उपचारका क्रममा मृत्यु भएको हो । 

‘यो हत्याको घटना हो,’ प्रहरीले वक्तव्य जारी गर्दै भन्यो । 

सिडभेन्स्कान पत्रिकाका अनुसार, मानिसको एक समूह एक इन्टरनेट क्याफेनजिक उभिरहेका थिए । एउटा कार त्यही बाटो हुँदै गुडिरहेको बेलामा गोली चलेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेको पहिचान पनि प्रहरीले खोजिरहेको छ । 

स्थानीय अधिकारीहरूले यो आतंकवादसँग सम्बन्धित घटना नभएको बताएका छन् । 

‘यो आतंकवादसम्बन्धित घटना भएको कुनै संकेत छैन,’ प्रहरी प्रवक्ता फ्रेडरिक ब्राटले बताए । ‘अपराधीहरूले गोली हानाहान गरेका हुनुपर्छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्