१६ असार २०८३, मंगलबार

सुनको मूल्य प्रतितोला ५० हजारसम्म आउने

कात्तिक २०, २०७४
सुनको मूल्य प्रतितोला ५० हजारसम्म आउने
काठमाडौँ, २८ मङ्सिर - स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो, आजको कारोबारमा खबर छ ।
“अन्तरराष्ट्रिय बजारमा डलर मजबुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ,” सुनचाँदी व्यवसायी तेजरत्न शाक्य भन्छन्, “यही अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।”
विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरमार्केटमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले ब्याजदरमा वृद्धि गर्नुसँगै रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमशः ओरालो लाग्दै गएको हो ।
पछिल्लो समय सेयरमार्केटतर्फ ग्राहक आकर्षित बन्दै गएकाले सुनबेचेर सेयरमा लगानी गर्ने क्रम बढ्दै गएको जसको कारणले गर्दा पनि त्यसको प्रत्यक्ष प्रभाव सुन बजारमा पर्न गएको व्यवसायी बताउँछन् ।
अनुपातमा डलर मजबुद बन्दै गए सुनको मूल्य अझै घट्न सक्ने विश्लेषकले अनुमान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्