१५ असार २०८३, सोमबार

इटालीका गृहमन्त्रीले हजारौं रोमाहरूलाई बाहिर निकाल्ने

इटालीका गृहमन्त्रीले हजारौं रोमाहरूलाई बाहिर निकाल्ने

काठमाडौं, ६ असार – इटालीका गृहमन्त्री बञ्जारा रोमा समुदायका हजारौं मानिसलाई देशबाट निकाल्ने आफ्नो वाचालाई कार्यान्वयन गर्ने बताएका छन् । यी उग्रदक्षिणपन्थी मन्त्रीले देशको फासिस्ट विगतलाई सम्झाउने अवैध नीति ल्याउन लागेको भनी आलोचना भएपनि उनले त्यसलाई मतलब गरेका छैनन् । 

गृहमन्त्री भएको तीन हप्तामा समर्थन सूचकांक ह्वात्तै बढाएका साल्भिनीले रोमाहरूको जनगणना गर्नुपर्ने अनि सबै गैरइटालेली रोमालाई देशनिकाला गर्नुपर्ने बताए । 

टुरिन शहरमा रोमाहरू बस्ने गरेको एक ‘अवैध’ घर ध्वस्त पारिएकोलाई उनले ट्विटरमा प्रशंसा गरेका थिए । साल्भिनीको लीग पार्टीको नियन्त्रणमा रहेको एक स्थानीय परिषद्ले उक्त घर भत्काउने आदेश दिएको थियो । 

युरोप छिर्ने आप्रवासीहरूका विरुद्ध कठोर नीति अपनाइरहेको बेलामा साल्भिनीले रोमाविरुद्ध पनि कदम चालेका हुन् । अघिल्लो हप्ता उनले ६०० भन्दा बढी मानिस बोकेको एक जहाजलाई इटालीको तटमा रोकिन दिएका थिएनन् ।
त्यसपछि जहाज स्पेनतर्फ पठाइएको थियो । 

यो घटनाक्रमपछि इटालीमा साल्भिनी र उनको गठबन्धन सहयोगी पार्टी फाइभ स्टार मुभमेन्ट (एम५एस) बीच फाटो आएको छ । एम५एसका लुइगी डी माइओले रोमाहरूको जनगणना गरिनु ‘असंवैधानिक’ भएको बताए । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्