काठमाडौं, १ माघ – यही चैत्र ११ गते प्रदर्शनमा आउने गरी चलचित्र निर्भयको टे«लर सार्वजनिक भएको छ ।
निखिल उप्रेती, नीता ढुङ्गाना, विकाश चापागाईँ, सुशील पोखरेल, लगायतको अभिनय रहेको चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । चलचित्र ट्रेलरमा निखिल र नीताको केमेष्ट्री देख्न सकिन्छ ।
वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन् । यम थापाले कथा लेखेका हुन् । प्रसिद्धि सिने आर्टस्को व्यानरमा चलचित्र निर्माण भएको हो ।