
काठमाडौं, ८ असार – एक गोलले पछि परेको अस्ट्रेलियाले पेनाल्टीमा गोल गरेर खेल बराबरीमा पु–याएको छ ।
अस्ट्रेलियाका लेकीले हानेको कर्नर किक डी एरियामा डेनमार्कका डिफेन्डर युसुफ पूल्सेनको हातमा लागेपछि अस्ट्रेलियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो ।
अस्ट्रेलियाका कप्तान माइल जेडिनाकले पेनाल्टीमा गोल गरेका हुन् ।
रेफ्री एन्टोनियो म्याटेउ लाहोजले शुरूमा त ह्यान्डबल भएको थाहा पाएनन् तर भिडियो असिस्टेन्ट रेफ्रीबाट कन्फर्मेसन पाएपछि पेनाल्टीको अवसर दिए । पूल्सेनले पहेंलो कार्ड पनि पाए ।
डेनमार्क र अस्ट्रेलिया दुवैको एक एक गोलसँगै खेल रोमाञ्चक बनेको छ ।