११ असार २०८३, बिहीबार

नियम विपरीत सञ्चालित २ पसलमा शिलबन्दी

असार ७, २०७५
नियम विपरीत सञ्चालित २ पसलमा शिलबन्दी
फाइल फोटो

काठमाडौं, ७ असार – नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौं उपत्यकाका २ पसलमा आज शिलबन्दी गरिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा कलंकीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो । ठूलो मात्रामा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटीे तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएकाले सञ्चालक स्वंयम्को जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा आउन भनिएको अनुगमन संयोजक सुभाष चापागाईँले बताए ।

म्याद नाघेको सामग्री बिक्री वितरण गरिएको, गोदाममा विभिन्न खाद्य सामग्री पोको नपारिएको, लेबलिङ स्टिकर कहाँबाट प्राप्त भएको स्पष्ट नभएको र मसला पसल ब्राण्ड उल्लिखित नभएको हुँदा सोको स्पष्टीकरणसहित ललितपुर, पुल्चोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि र लगनखेलमा रहेको अनुपम ट्रेडर्सलाई २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्