१८ असार २०८३, बिहीबार

प्रचण्डको के सन्देश लिएर गए नारायणकाजी दिल्ली

कात्तिक २०, २०७४
प्रचण्डको के सन्देश लिएर गए नारायणकाजी दिल्ली
काठमाडों, २ फागुन-प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् ।यो खबर आजको नागरिकमा छ ।

मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन’क्रियाशील श्रेष्ठले अचानक नयाँदिल्ली पुगेर थालेको राजनीतिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।‘श्रेष्ठले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहमत गराउनेबारे नयाँदिल्लीमा भारतीय नेतासँग छलफल गर्देछन्’श्रोतले भन्यो ।

माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलगाईका अनुसार पार्टी संगठनको सम्मेलन उद्घाटन गर्न गए पनि नेता श्रेष्ठले भारतीय राजनीतिक दलका नेतासँग पनि राजनीतिक भेटघाट गर्नेछन् ।

‘पार्टीका प्रवास संगठनको सम्मेलन उद्घाटन गर्न जानुभएको हो।’चौलगाईले भने,‘र सोही क्रममा भारतीय भारतीय राजनीतिक दलका नेतासँग स्वभाविक रुपमा त्यहाँ भेटघाटका कार्यक्रम हुनेछन्।’उनका अनुसार सोमावार श्रेष्ठ स्वदेश फर्कने कार्यक्रम भएपनि लम्बिन सक्ने सम्भावना बढ्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्