०१ साउन २०८३, शुक्रबार

कर्णालीमा खसेको गाडी अझै फेला परेन, शुक्रबार पुनः खोजी हुने

असार १८, २०८३
काठमाडौं
कर्णालीमा खसेको गाडी अझै फेला परेन, शुक्रबार पुनः खोजी हुने

 कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म फेला परेको छैन ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ सदस्यीय गोताखोर टोलीले झण्डै चार घण्टादेखि गाडीको खोजी गरे पनि पानीको सतह बढेको र वर्षापछिको बाढीले नदी धमिलो भएकाले गाडी फेला पार्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए। उनी करिब ५० सुरक्षाकर्मीसहित घटनास्थल पुगेका थिए।

राति परेकाले खोज तथा उद्धार कार्य रोकिएको र शुक्रबार बिहानैदेखि पुनः खोजी थालिने प्रहरीले जनाएको छ।

आज बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, दैलेख गुल्म तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा टोली संयुक्त रूपमा खोज तथा उद्धारमा परिचालित छन्।

प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट छुट्दा पाँच जना सवार रहेको भनिए पनि यात्रुको यकिन विवरण अझै खुल्न सकेको छैन।

salt training

कमेन्ट गर्नुहोस्