०५ साउन २०८३, मंगलबार

कर्णालीमा प्रदेश सांसदबाटै पोशाक अनुशासन उल्लंघन, मौसमलाई दिए दोष

असार ८, २०७५
कर्णालीमा प्रदेश सांसदबाटै पोशाक अनुशासन उल्लंघन, मौसमलाई दिए दोष

सुर्खेत, ८ असार – कर्णाली प्रदेश सभाले हरेक सांसदले कम्तिमा कोट लगाएर आउनुपर्ने भनि निर्देशन दिएपनि सांसदले अटेर गर्ने गरेको पाइएको छ ।

निर्देशन बमोजिम हिजोको बैठकमा ८ जना सांसदले मात्रै सभाले तोकेको खैरो रंगको कोट लगाएर आएका थिए भने बाँकी १९ जना सांसद कोट नलगाएरै संसदमा आएका थिए । यसरी कोट नलगाएर आउनेमा तत्कालीन एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही लगायत रहेका थिए ।

संसदमा सांसद आफैले तोकेको पोशाक नलगाएपछि ‘आफैं निर्णय गर्ने र आफै अटेर गर्ने सांसद’ भन्दै खिल्ली उडाउन थालिएको छ । सुर्खेतका स्थानीय पदम शाहीले सांसदले गरिमामय संसदको मर्यादा आफैंले राख्नुपर्नेमा लापरवाही गरेको बताए । ‘उहाँहरू आफैं नीति निर्माण र कार्यान्वयनको ठाउँमा हुनुहुन्छ,’ शाहीले भने, ‘आफैंले आफ्नो लागि बनाएको ड्रेस त सांसदले पहिरिँदैनन् भने नीति नियम कार्यान्वयन कसरी गर्लान् खै ?’

प्रदेशसभा सांसद शुशील थापाले मौसमको कारण पोशाक नलगाएको बताए । उनले मौसम बदलिने, अत्यधिक गर्मी हुने कारणले कोट नलगाइएको दावी गरे । उनले अबको केही दिनमै संसदको स्थायी भवन तयार हुने र त्यसपछि सधैं सांसदहरू पोशाकमा आउने बताए । 

‘हामीले पहिले नै खैरो रंगको कोट लगाउन निर्देशन दिएका थियौं । गर्मी भएका कारण सांसदले त्यस्तो गर्नुभएको होला ।’

सांसद गोपाल शर्माले कार्यव्यवस्था परामर्श समितिले छलफल गरेर पोशाक टुंग्याएको  बताउँदै १ जनाले नियम उल्लंघन गर्दा सबैले उल्लंघन गर्दै गएको बताए । ‘दुधको पोखरी बनाउने योजना हो,’ उनले भने, ‘१–२ जनाले ड्रेसको नियम तोड्दा पानी पोखरी भएको हो ।’ उनले जे भएपनि नियम भने लागू गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशसभा उपसभामुख पुष्पा घर्ती मगरले आफूहरूले सांसदलाई खैरो रंगको कोट अनिवार्य लगाएर आउन निर्देशन दिइसकेको बताइन् । ‘हामीले पहिले नै खैरो रंगको कोट लगाउन निर्देशन दिएका थियौं,’ उनले भनिन्, ‘गर्मी भएका कारण सांसदले त्यस्तो गर्नुभएको होला ।’

उपसभामुख घर्तीले महिलाको हकमा साडी जुनसुकै लगाएपनि कोट अनिवार्य ड्रेसको रुपमा बनाइएको बताइन् । उपसभामुख घर्तीले विशेष दिनको बेलामा पुरुष सांसदको हकमा दौरा सुरुवाल लगाउने निर्णय संसदले गरेको स्मरण गराइन् ।

salt training

कमेन्ट गर्नुहोस्