१० असार २०८३, बुधबार

मापदण्डविपरीतको ‘ट्रायल सेन्टर’सँग सम्झौता

कात्तिक २०, २०७४
मापदण्डविपरीतको ‘ट्रायल सेन्टर’सँग सम्झौता

 यातायात व्यवस्था विभागले निजी कम्पनीको ‘ट्रायल सेन्टर’अनुकूल हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिन निर्देशिका नै संशोधन गरेको छ । ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुललाई प्रयोगात्मक परीक्षाको जिम्मा दिनका लागि ऐन संशोधन गरिएको खबर आजको नयाँ पत्रिकामा छ ।

विभागले सुजुकीको ‘ट्रायल सेन्टर’मा प्रयोगात्मक परीक्षा लिने सम्झौता गरिसकेको छ । सुजुकीको ‘ट्रायल सेन्टर’ सवारीचालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्ने निर्देशिका, २०६९ विपरीत छ । निर्देशिकाअनुसार साना तथा ठूला चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टरमा ‘सिम्पल ड्राइभ टेस्ट’को व्यवस्था हुनुपर्छ । तर, सुजुकीमा वरिपरि सडक नभएपछि निर्देशिका नै संशोधन गरिएको हो ।

निर्देशिका, २०६९ अनुसार ‘सिम्पल ड्राइभ टेस्ट’का लागि ‘स्पिड, गेयर एन्ड टाइमिङ’ सडकको लम्बाइ ६ सय मिटर हुनुपर्ने व्यवस्था थियो । तर, सुजुकीको ‘ट्रायल सेन्टर’मा ‘स्पिड, गेयर एन्ड टाइमिङ’ सडक नै छैन ।

त्यस्तै निर्देशिकाले ट्रायल सेन्टरभित्र ‘फिगर–८’ तोकिएको मापदण्डमा हुनुपर्छ भनेको छ । तर, सुजुकीको ट्रायल सेन्टरमा तोकिएको मापदण्डअनुसार ‘फिगर–८’को व्यवस्था नै छैन ।

कार्यालयले गठन गरेको प्राविधिक टोलीको छनबिन रिपोर्टले समेत सुजुकीको ट्रायल सेन्टर अयोग्य भनेको छ । तर, कार्यालयले आफ्नै प्राविधिक टोलीको रिपोर्टविपरीत सुजुकीको ‘ट्रायल सेन्टर’मा प्रयोगात्मक परीक्षा लिने सम्झौता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्