०५ असार २०८३, शुक्रबार

वारेन बफेभन्दा ५३ वर्ष कान्छा जुकरबर्गसँग उनकै जति छ सम्पत्ति

वारेन बफेभन्दा ५३ वर्ष कान्छा जुकरबर्गसँग उनकै जति छ सम्पत्ति

काठमाडौं, ८ असार – फेसबूकका संस्थापक मार्क जुकरबर्ग बुधवार वारेन बफेसँग बराबरी गर्दै संसारका तेस्रा सबभन्दा धनी मानिस बनेका छन् । 

बर्कशायर ह्याथवे इन्कर्पोरेसनका अध्यक्ष बफेभन्दा ५० वर्ष कान्छा जुकरबर्गको सम्पत्ति अहिले ८१.६ अर्ब डलर अर्थात् लगभग नौ हजार करोड रुपैयाँ छ । बफेसँग पनि त्यति नै सम्पत्ति छ । 

फेसबूकको डाटा लीक विवादमा घेरिएपनि जुकरबर्गको सम्पत्ति ८.८ अर्ब डलरको फाइदा भयो । यो विवादका कारण त्यसो त फेसबूकको शेयर १८ प्रतिशतसम्म झरेको थियो । 

फेसबूकको शेयर २७ मार्चमा १५२.२२ डलरको स्तरमा पुगेको थियो तर अहिले त्यो २०२ डलरमा छ । फेसबूकको शेयर ह्वात्तै बढ्दा कम्पनीका अधिकारीहरूलाई धेरै फाइदा भएको छ । कम्पनीका चीफ अपरेटिङ अफिसर शेरिल
स्यान्डबर्गको सम्पत्ति अब १.८ अर्ब डलर पुगेको छ । अनि चीफ टेक्नोलोजी अफिसर माइकल स्क्रोफरको सम्पत्ति पनि २२५ मिलियन डलर पुगेको छ । कम्पनीमा उनको ०.०५ प्रतिशत हिस्सा छ । 

जम्मा ३४ वर्ष पुगेका जुकरबर्ग अहिले अमेजनका अध्यक्ष जेफ बेजोस र माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सभन्दा मात्र पछि छन् । संसारका सबभन्दा धनी व्यक्ति बेजोसको सम्पत्ति १४४.८ अर्ब डलर छ जबकि गेट्सको ९२.८ अर्ब
डलर छ ।

न्युयोर्कको शेयर बजारको हरेक दिनको कारोबारका आधारमा अप्डेट हुने ब्लूमबर्ग इन्डेक्समा यो जानकारी दिइएको छ । यो सूचीमा संसारका ५०० धनी मानिसको नाम हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्