२० असार २०८३, शनिबार

हामीहरू जवान र सुन्दर देखिनुपर्ने दबाबमा बाँचिरहेका छौं : मनीषा कोइराला

हामीहरू जवान र सुन्दर देखिनुपर्ने दबाबमा बाँचिरहेका छौं : मनीषा कोइराला

काठमाडौं, ८ असार – ‘सौदागर’, ‘१९४२ अ लभ स्टोरी’, बम्बे जस्ता फिल्ममा सशक्त अभिनय गरेकी सुन्दर अभिनेत्री मनीषा कोइराला सन् १९९० को दशकको शीर्ष नायिकामा गनिन्थिन् । अहिले उनी बलिउडमा दोस्रो पारीका लागि तयार छिन् । 

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूको प्रमोसनमा व्यस्त मनीषाले बलिउडमा जवान र सुन्दर देखनका लागि दबाब खेप्नुपरेको बताएकी छन् । 

केही समयअघि श्रीदेवीको अचानक निधनपछि यस्तो दबाबका बारेमा खुबै बहस भएको थियो । मनीषाले यो दबाबका बारेमा टिप्पणी गरिन्, ‘सुन्दर र जावन देखिने दबाबमा हामीहरू थाहै नपाई स्वास्थ्य खराब गरिरहेका छौं ।

समयसँगै उमेर बढ्दै जाँदा त्यसमा फरक किसिमको सुन्दरता हुन्छ । उमेर बढ्नु एक प्राकृतिक प्रक्रिया हो र उमेरका सबै चरणलाई सबैले पार गर्दै जानुपर्छ ।’

मनीषा थप्छिन्, ‘मेरो उमेरसँग फिट हुने भूमिका निर्वाह गर्न मलाई मन लाग्छ । म २० वा ३० वर्षकी हुँदा गरेको काम आज पर्दामा गर्न सक्दिनँ, त्यसैले उमेरअनुसारको काम गर्नुपर्छ मैले ।’

फिल्म सञ्जूमा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा रहेकी मनीषा भन्छिन्, ‘म खासमा रणवीरकी आमाको भूमिका गर्न चाहँदिनथिएँ किनकि त्यसपछि मलाई आमाकै भूमिकाको अफर आइरहने सम्भावना रहन्छ । कतै म टाइपकास्ट त हुँदिनँ भन्ने डरले सताइरहन्छ ।’

तपाईंको जीवनीमा फिल्म बन्यो भने तपाईंको भूमिका कसले निर्वाह गरेको राम्रो हुन्छ भनी सोधेको प्रश्नमा उनले आलियाको नाम लिइन् ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्