०४ असार २०८३, बिहीबार

मुसाले एटीएमभित्रको १२ लाख भारु खाइदिएपछि ...

मुसाले एटीएमभित्रको १२ लाख भारु खाइदिएपछि ...

काठमाडौं, ८ असार – भारतको असम राज्यको तिनसुकियामा रहेको स्टेट बैंक अफ इन्डियाको एक एटीएममा मुसा पसेर १२ लाख भारु नष्ट गरिदिएका छन् । 

मिडियामा यससम्बन्धी रिपोर्ट आएपछि बैंक अधिकारीहरू भागाभाग भएका छन् । मुसा कसरी एटीएम मशिनमा पस्यो भन्ने प्रश्न पनि उठिरहेको छ । 

अचम्मको कुरा त, उक्त एटीएम २० मेदेखि बन्द थियो । जुन ११ मा एटीएम मर्मत गर्न पुगेका प्राविधिकले भित्र हेर्दा तीनछक्क परे । एटीएमभित्र ५०० र दुई हजार भारुका नोटहरूको ससाना टुक्रा छरिएका थिए । 

गुवाहाटीको एक फाइनान्सियल कम्पनी एफआईएस ः ग्लोबल बिजनेस सोल्युसनले यो एटीएमको रेखदेख गर्छ अनि यसमा क्याश डिपोजिट गर्छ । कम्पनीका अनुसार, एटीएममा १९ मेमा २९ लाख भारु हालिएको थियो । स्थानीय
मिडियाको समाचारअनुसार, त्यही दिनदेखि एटीएमले काम गर्न छोडेको थियो ।

मिडियासँगको कुराकानीमा एक बैंक अधिकारीले करीब १७ लाख भारु नोक्सान हुनबाट बचाइएको छ । एटीएमभित्र नोटहरू मुसाले नै नष्ट गरेको भएपनि यसमा अनेकौं प्रश्न छन् । यसको अनुसन्धान गरियोस् भनी तिनसुकिया प्रहरी
थानामा एफआईआर दर्ता गरिएको छ । 

घटनाका बारेमा एक स्थानीय पत्रकारले ह्वाट्सएपमार्फत जानकारी पाए । उनले एक न्युज वेबसाइटसँग कुराकानीमा भने, ‘कुनै एटीएमलाई यत्तिका दिनसम्म आउट अफ सर्भिस किन राखियो ? अनि प्राविधिकलाई बोलाउन किन यति ढिलाइ गरियो ?’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्