१० असार २०८३, बुधबार

मासु अड्किएर नुवाकोटमा एकको मृत्यु

असार ८, २०७५
मासु अड्किएर नुवाकोटमा एकको मृत्यु

 नुवाकोट, ८ असार  -बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । 

आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्