
गौशाला, ८ असार - महोत्तरीको मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठको १४ बिघा जग्गा केही व्यक्तिले कब्जा गरेका छन् ।
मटिहानी–३ स्थित मठको बिघा जग्गा स्थानीयवासी ४०÷५० जनाले आज बाँसको किल्ला गाडेर कब्जा गरेका हुन् । सोही वडाका निर्वाचित वडा सदस्य दारोगा साहको नेतृत्वमा स्थानीयवासी ध्यानी यादव, रामचन्द्र खत्वे, सीताराम खत्वेलगायतले मठको जग्गा कब्जा गरे पनि अहिले प्रशासन तथा मठ परिवारले कुनै पनि कदम चालेको छैनन् ।