
काठमाडौं, ९ असार- माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।
नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ । बैठक सकिएपछि नतिजा प्रकाशन हुने छ ।
एसइईको परीक्षा चैत महिनामा संचालन भएको थियो । यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।
एसईईको नतिजा प्रकाशन भएसँगै लोकान्तरमा पनि हेर्न सकिने छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।