०७ असार २०८३, आइतबार

एउटा तस्वीर जसले मेस्सीलाई रोनाल्डोसँग दाजेर‘मजाक’ बनायो

एउटा तस्वीर जसले मेस्सीलाई रोनाल्डोसँग दाजेर‘मजाक’ बनायो

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । 

पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल GOAT लेखेको थियो । 
GOAT अर्थात बाख्रा नभएर greatest of all time(सवैभन्दा सर्बश्रेष्ठ) । 

मेस्सी विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडि हुन्। तर रुस विश्वकपमा भने अहिलेसम्म उनको टीम अर्जेन्टिनाका तर्फबाट जाँदू देखाउनसकेका छैनन् ।

अर्जेन्टिनाले आफ्नो पछिल्लो खेल क्रोएशियासँग ३–० ले पराजय बेहोरेको छ । 

उता उत्कृष्ठ खेलाडीको रेसमा रहेका क्रिस्टियानो रोनाल्डो भने यो विश्वकपमा छाएका छन् । उनले ४ गोल गरेका छन् र रुस विश्वकपको टप स्कोरर पनि हुन् । उनको एकल प्रयासमा पोर्चुगलले दुई खेलमा जीत हात पारेको छ । 

पत्रिकामा मेस्सीको गोट बताउँदै प्रकाशन भएको तस्वीर रोनाल्डोलाई मन परेको थिएन । यति मात्र नभई जारी विश्वकपमा उनले मेस्सीभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै त्यसलाई थप बल दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्पेनसँगको पहिलो खेलमा रोनाल्डो अगल रुपमा देखा परे । गोल गरेपछि उनले त्यसको सेलिब्रेशन फरक ढंगबाट गरे । 

रोनाल्डोले यो वल्र्डकपमा बोके दाह्री पनि राखेका छन् र स्पेनसँगको खेलमा ह्याट्रिक गरेसँगै उनले दाह्री मुसारेका थिए । जसलाई धेरैले आफूले गोट((सवैभन्दा सर्बश्रेष्ठ ) भएको भन्दै रोनाल्डोले देखाएको भनि अर्थ लगाएका छन् । 

यस विषयलाई लिएर पनि धेरै फूटबल फ्यानरुले मेस्सीलाई उडाएका छन् । सर्वश्रेष्ठ खेलाडी भनिएका मेस्सीको खेलपछि धेरैले उनलाई ट्रोल गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्