काठमाडौं, ११ असार - विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत गएरातिका खेलमा जापान र सेनेगलले बराबरी खेलेका छन् । यस्तै कोलम्बियाले पोल्याण्डलाई पराजित गरेको छ ।
खेललाई २-२ गोलको बराबरीमा टुंग्याउने क्रममा जापानका लागि होण्डा र इनुइले गोल गरे । यस्तै सेनेगलका सादियो माने र मूस्सा वागुले बललाई जाली चुमाएर ।
बराबरीसँगै अंक तालिकामा यी दुवै टोलीको ४ अंक पुगेको छ । दुवैले आ-आफ्नो पहिलो खेल जितेका थिए ।
यस्तै 'समूह एच'अन्तर्गतकै अर्को खेलमा कोलम्बियाले पोल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्यो । यो कोलम्बियाको पहिलो जित हो ।
कोलम्बियाका लागि फल्काओ, कोर्डाडो र मिनाले १-१ गोल गरे । पहिलो खेलमा जापानसँग स्तब्ध भएको कोलम्बियाले जीतसँगै अंक तालिकामा ३ अंक जोडेको छ ।